

इङ्ग्ल्याण्ड विरुद्धको सिरिज भारतद्वार ‘क्लिन स्विप’




काठमाडौं । भारतले इङ्ग्ल्याण्ड विरुद्धको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ । गएरोति सकिएको खेलमा १४२ रनको जित निकाल्दै घरेलु टोलिले सिरिज क्लिन स्विप गरेको हो ।
भारतले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४ ओभर २ बलमा २१४ रनमा समेटियो । इङ्ग्ल्याण्डका लागि गस एटकिन्सन र टोम बेन्टनले समान रुपमा सर्वाधिक ३८ रन जोडे । ओपनर बेन डकेट ३४, जो रुट २४, ओपनर पिल साल्ट २३ तथा ह्यारि ब्रुक १९ रन बनाए । भारतका लागि अक्षर पटेल, अर्शदिप सिंह, हर्षित राना र हार्दिक पाण्ड्याले समान २–२ तथा वासिंटन सुन्दर र कुलदिप यादवले समान १–१ विकेट लिए ।
त्यसअघि अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरको अलआउट हुँदै ३५६ रन बनाएको थियो । भारतका लागि ओपनर शुभमन गिलले सर्वाधिक १ सय १२ रन जोडे । त्यस्तै श्रेयश अय्यरले ७८ रन बनाए ।
त्यस्तै विराट कोहलीले ५२, केएल राहुल ४० तथा हार्दिक पाण्ड्याले १७ रन बनाए । इङ्ग्ल्याण्डका लागि आदिल राशिदले ४, मार्क वुडले २ तथा गस एटकिन्सन, जो रुट र सकिब मोहम्मदले समान १ विकेट लिए ।