

नेपाल लाइफको साधारण सभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश दिने




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो।
सोही अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आव २०८०र८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०र८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आव २०८१र८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको कम्पनीले जनाएको छ।
त्यस्तै, साधारण सभाले आव २०८०र८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु। ८,२०,७९,६६,५५४र– को जम्मा २१।०५५ ले हुन आउने रकम रु। १,७२,७९,९२,९५९र– ९अक्षेरुपी एक अर्ब बहत्तर करोड उनासी लाख बयानब्बे हजार नौ सय उनन्साठी मात्र० लाभांशको रुपमा प्रदान गर्ने जसमा १०५ बोनस शेयर र ११।०५५ नगद लाभांश ९बोनस शेयर तथा नगद लाभांशको कर सहित० प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सोही कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आव २०८०र८१ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु बताए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धीहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे ।
नेपाल लाइफका अनुसार २०८१ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु २१५ अर्ब रुपियाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र शेयरधनी कोष रु १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु।२८८ अर्ब रुपियाँ बीमाशुल्क आर्जन गरेको छ भने रु। ८४ अर्ब जम्मा दावी भुक्तानी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता जाहेर गरिएको अवस्था छ ।