
अपि पावरले बढायो खुद नाफा, अन्य सूचकमा पनि उल्लेख्य प्रगति



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अपि पावर कम्पनी लिमिटेडले आफ्नो खुद नाफा बढाएको छ । कम्पनीले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणमा समिक्षा अवधिमा उल्लेख्य बढेको हो।
यता चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको अवस्थामामा, गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा २१ लाख ४३ हजार रुपैयाँ कायम रहेको देखिन्छ।
त्यस्तै, विभिन्न सूचकमा अब्बल बन्दै गएको कम्पनीले आफ्नो विद्युत बिक्री आम्दानी बढाएको र कम्पनीको खुद नाफामा पनि वृद्धि गर्न सफल भएको देखिन्छ ।
अपि पावरको विद्युत बिक्री आम्दानी ३८.३८ प्रतिशतले बढेको छ । सोही वृद्धि प्रश्चात उक्त आम्दानी ८५ करोड ८० लाख रुपैयाँ पुगेको हो। यता कुल नाफा ३३.६६ प्रतिशत बढ्दा, सञ्चालन मुनाफा २२९.११ प्रतिशत बढेको देखिन्छ। त्यसरी नै कम्पनीको वित्तीय खर्च ५७.९९ प्रतिशत बढेको हो।
कम्पनीको ईपिएस १० रुपैयाँ २६ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १८ पैसा रहेको देखिन्छ । मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको अपि पावरले हाल ६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न सफल भएको छ ।

