हिमालयन उर्जाको हकप्रद आजबाट किन्न सकिने
काठमाडौं । आजैबाट हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । उक्त कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद बिक्रीमा राखेको हो ।
हाल कम्पनीले कायम चुक्ता पूँजी ९९ करोड रुपैयाँबराबरको ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको छ भने प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले उक्त हकप्रद निष्काशन गरिएको हो। हकप्रद निष्काशन प्रयोजनार्थ यस कम्पनीले साउन २० गते बुक क्लोज गरेको थियो । यसका आधारमा साउन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ।
अहिले हकप्रद निष्काशनको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तोकिएको छ भने सो हकप्रदमा बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका–०१, शिवालय, रामेछाप तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत सहजै आवेदन दिन सकिने जनाइएको छ ।
वर्तमान समयमा सो कम्पनीको चुक्ता पूँजी ९९ करोड रहेको तथ्यांकमा देखिन्छ । आगामी दिनमा हकप्रद शेयर निष्काशन भएसँगै कम्पनीको चुक्ता पूँजी सो रकमबाट वृद्धि भई एक अर्ब ९८ करोड रुपैयाँ पुग्ने भएको छ ।