
कांग्रेसको लिडरसिप एकेडेमीकोको संयोजकमा सेमन्त दाहाल नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त भएका छन् । पार्टी सभापति गगन थापाले लिडरसिप एकेडेमीमा दाहाललाई जिम्मेवारी दिइएको केन्द्रीय समिति बैठकमा जानकारी गराएका हुन् ।
लिडरसिप एकेडेमीले आगामी स्थानीय तहमा पाटीबाट उम्मेदवार हुन इच्कुकका लागि पाठ्यक्रम बनाउने तथा प्रशिक्षण गर्ने कार्य गर्दछ । कांग्रेसबाट स्थानीय तहको उम्मेदवार हुन इच्छुकले अनिवार्य कक्षा लिडरसिप एकेडेमीले तयार गरेको पाठ्यक्रम अध्ययन गर्नुका साथै प्रशिक्षण लिनुपर्दछ । जनप्रतिनिधिका आकांक्षीले निर्वाचित भइसकेपछि गर्नुपर्ने कार्यका बारेमा पनि लिडरसिप एकेडेमीले कक्षा दिनेछ ।


