
रिलायबल नेपाल लाइफको ४६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ४६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक सेयरधनी ग्लोबल आईएमई बैंकको नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरको प्रति कित्ता न्यूनतम मूल्य २५० रुपैयाँ रहेको छ । संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने छन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा दिनु पर्ने छ । आवेदन दिदाँ नागरिकता र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, आयश्रोत खुल्ने कागजात, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्रवाट कालोसूचीमा नपरेको प्रमाण र कम्पनी र संस्थाको हकमा दर्ता प्रमाणपत्र प्रवन्धपत्र, नियमावली, स्थायी लेखा नम्बर समावेश गर्नु पर्ने छ ।


