
सम्पदा लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सोमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ ।


