
नेपाल लाइफ इनभेष्टमेन्टको दोस्रो वार्षिक साधारणसभा आह्वान
काठमाडौं । नेपाल लाइफ इनभेष्टमेन्टको दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक १९ बसेको सञ्चालक समतिको बैठकले मंसिर २४ गतेका लागि साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८२/८३ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गर्ने छ । त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री पि. एल. श्रेष्ठ एण्ड कम्पनी पूनः नियुक्तिका लागि योग्य हुनु हुन्छ) ।


