
सेयर बजार ११ अंकले घट्यो, कारोबार ४ अर्बमा सिमित
काठमाडौं । पछिल्लो समय सेयर बजार लगातार रुपमा घटिरहेको छ । तिहार अघिको अन्तिम कारोबार दिन बढेको बजार तिहार पछिका तीन कारोबार दिन लगातार रुपमा घटेर कारोबार भएको हो ।
अघिल्लो दिन पनि दोहारो अंकले घटेको बजार आज पनि ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको सेयर मूल्य बढेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि आज १.०६ अंकले घटेर ४७६.१५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४७ कम्पनीका १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर ४१ हजार ६२७ पटक खरिद बिक्री हुँदा ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।


