
बीमाशुल्क आर्जनमा भारी गिरावट आउँदा हिमालयन रिइन्स्योरेन्सको नाफा १० करोड ३६ लाखमा सीमित
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.८ प्रतिशतले घटेर १० करोड ३६ लाख ७८ हजार ११९ रुपैयाँमा सीमित भएको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार ९७७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको मुख्य व्यवसायिक आम्दानी अर्थात् बीमाशुल्क आर्जनमा ठूलो संकुचन आउँदा समग्र नाफा प्रभावित भएको हो। गत वर्ष १ अर्ब ११ करोड ८३ लाख ४७ हजार ११७ रुपैयाँ रहेको कुल बीमाशुल्क आर्जन चालु आवको पहिलो त्रैमासमा ३४.७ प्रतिशतले घटेर ७२ करोड ९९ लाख २८ हजार ३४७ रुपैयाँ कायम भएको छ।
त्यसैगरी, खुद बीमाशुल्क आर्जन ४१.६ प्रतिशतले घटेर गत वर्षको १ अर्ब १ करोड १० लाख ९ हजार ५४९ रुपैयाँबाट ५९ करोड १ लाख ९७ हजार १४४ रुपैयाँमा झरेको छ। यस अवधिमा लगानी तथा कर्जाबाट हुने आम्दानी समेत १२.१ प्रतिशतले घटेर २० करोड ५६ लाख ३४ हजार ४३५ रुपैयाँमा सीमित हुँदा कम्पनीको कुल आम्दानी ३६.२ प्रतिशतले संकुचित भई १ अर्ब २४ करोड ७२ लाख ४७ हजार ४३६ रुपैयाँबाट ७९ करोड ६० लाख ६९ हजार २४६ रुपैयाँमा आइपुगेको छ।
आम्दानी घटेसँगै कम्पनीको कुल खर्चमा पनि २७.९ प्रतिशतको कमी आई गत वर्षको ९१ करोड ३ लाख ५३ हजार ८८२ रुपैयाँबाट ६५ करोड ५९ लाख ६१ हजार ६३३ रुपैयाँ कायम भएको छ। यस अवधिमा खुद दाबी भुक्तानी १०.२ प्रतिशतले घटेर ५० करोड ९६ लाख १९ हजार ८७४ रुपैयाँबाट ४५ करोड ७५ लाख ६१ हजार ४३४ रुपैयाँमा झरेको छ।
कम्पनोको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ स्थिर रहँदा कम्पनीको कुल इक्विटी १.३ प्रतिशतले घटेर १२ अर्ब ३९ करोड ८५ लाख ८५ हजार ७६३ रुपैयाँ र कुल सम्पत्ति ०.७ प्रतिशतले घटेर २५ अर्ब ८९ करोड ६४ लाख १३ हजार ४५९ रुपैयाँ कायम भएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ९.०५ रुपैयाँबाट घटेर ३.८२ रुपैयाँमा झरेको छ। आर्थिक मन्दीका कारण आन्तरिक बीमा बजारमा आएको सुस्तताले व्यवसाय विस्तारमा अल्पकालीन असर पारेको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ।


