
निरन्तर घट्दो क्रममा सुनको मूल्य, एक सातामै ११ हजार ३०० ले सस्तियो
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा घटी रहेको छ । तिहार अघि र तिहार खुले पछिको कारोबार गरि यो साता ३ दिन सुनको मूल्य निर्धारण भयो । यी तीन दिनमा सुनको मूल्यमा ११ हजार ३०० रुपैयाँको गिरावट आयो ।
तिहारको बिदाका कारण धेरै दिन सुनको मूल्य यथावत रहे पनि तिहार सकिएर शुक्रबार खुलेको बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको हो । शुक्रबार मात्र एकैदिन सुनको मूल्य १२ हजार ६०० रुपैयाँ घटेर कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत कात्तिक २० गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा किनबेच भएकोमा एक हप्तापछि कात्तिक २७ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य घटेर प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको हो ।
त्यस्तै, कात्तिक २२ गते आइतबार भने सुनको भूल्य स्थिर रह्यो । त्यस्तै, कात्तिक २३ गते भने १ हजार ३०० रुपैयाँले घढेर सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस पछिका दिनहरु कात्तिक २४, २५ र २६ गते तिहारको सार्वजनिक बिदा परेकाले सुनको मूल्य स्थिर नै रह्यो । तिहार बिदापछि खुलेको पहिलो दिन भने सुनको मूल्यमा उच्च गिरावट आएको देखिन्छ । यो साता नेपाली बजारमा सुनको मूल्य तीन दिन मात्रै निर्धारण भयो र त्यो दिनमा पनि सुनको मूल्यमा गिरावट देखियो ।


