
प्रभु महालक्ष्मी लाइफको नाफा ४५ प्रतिशतले बढ्यो, इपीएस सहित अन्य सूचक कस्ता ?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले ९ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । जनु गत आवको सोही अवधिको तुलनामा ४५.८९ प्रतिशतले धेरै हो । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को असोजसम्म ६ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तीन महिनाको अवधिमा जीवन बीमा कोषमा १४ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ३२.८१ प्रतिशतले बढेको छ ।
चालु आवको असोजसम्म कम्पनीले १ अर्ब ८८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.२५ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसमम १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३०.३० प्रतिशतले बढेको छ ।
५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्म सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ८३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५१ करोड ७० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ । गत वर्ष असार मसान्तसम्म सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ महाविपत्ति कोषमा १४ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ३७ लाख रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको असोजसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ७.०१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ४.८१ रुपैयाँ थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.१८ रुपैयाँ रहेको छ।


