
नेपाल कमर्श क्याम्पसदेखि सुरु भएको राजनीति यात्रा केन्द्र हुँदै भुगोलसम्म
काठमाडौं । पछिल्लो समय नयाँ पुस्तामा राजनीतिप्रति निकै वित्रिर्णा रहेको अवस्था छ । राजनीति गर्नु भनेको नै अपराध हो जस्तो मानक बनिरहेको अवस्था छ । त्यस माथि पनि पुराना राजनीति कदप्रतिको आक्रोश कति छ भन्ने कुरा गत वर्षको फागुन महिनामा भएको निर्वाचनले देखाएको छ । यो अवस्थामा राजनीति गर्नु अझ पुराना पार्टीमा सक्रिय हुनु आफैमा निकै चुनौतिपूर्ण कार्य हो ।
अवसरका लागि अहिलेका युवाहरु विदेश गइरहेको बेला दैलेखको दूल्लू नगरपालिका वडा नम्बर ५ रनुखानामा जन्मीएका अनुराग रिजाल भने राजनीतिमा आकर्षित भए । १० जोड २ को अध्ययन सकेर विदेश जाने विकल्पको सट्टा उनले नेपाल कमर्स क्याम्पस (एनसीसी) मीनभवमा स्नातक तहको अध्ययन गर्दै राजनीति गर्ने निर्णय गरे ।
अहिले पनि उनी एनसीसीमा अध्ययन गरिरहेका छन् । स्नातक तहको अध्ययन सँगै उनले राजनीति पनि गर्दै नेकपा एमाले निकट अनेरास्ववियुमा आबद्ध भएर राजनीति गरिरहेका छन् । क्याम्पसमा विद्यार्थीका हक अधिकारका विषयसँगै त्यहाँ हुने व्यथितिका विषयमा निरन्तर रुपमा उनले आवाज उठाउदै आइरहेका छन् । दैलेखको त्यो भूगोलबाट आएर काठमाडौंमा राजनीति गर्नु र स्थान पाउनु आफैमा ठूलो उपलब्धि हो ।
राजनीतिमा पद त्यति ठूलो विषय हुन हुँदैन । तर, पछिल्लो समय पदका लागि राजनीतिक पार्टी फेर्ने क्रम बढीनै रहेको छ । तर, २०८१ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३ मतले पराजित भएका रिजाल त्यो पराजयबाट विचल्लीत भएनन् । अझ परिस्कृत रुपमा आफूलाई उभ्याएर । उनले अहिले पनि बेथिति र विद्यार्थीका हकहितका विषयमा खरो रुपमा आवाज उठाउँदै आइरहेका छन् ।

केही समय अघि उनी एमालेको भातृ संगठन अनेरास्ववियुको लेखा आयोग सदस्यमा मनोनित भए । यो जिम्मेवारीले आफूलाई थप ऊर्जा मिलेको र आम विद्यार्थीसँगै जनताको आवाज उठाउने काममा खरो रुपमा आफू लागि रहने उनी बताउँछन् । उनले एमालेको दैलेख काठमाडौं सम्पर्क मञ्चको पनि कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन् । मञ्चमार्फत उनले दैखेलबाट राजधानी काठमाडौं आएर अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै समेत आएका छन् ।
पार्टीप्रतिको विश्वास र जनमत कमजोर भएको बेला धेरै नेता कार्यकर्ता पार्टी छोड्ने तछाडमछाड गरिरहेका बेला उनले पार्टीप्रति देखाएको विश्वास सह्राहनीय नै छ । अहिले एमाले, कांग्रेसका विषयमा बोल्दा र लेख्दा आउने गालीको प्रवाह नगरि उनी पार्टीका नीति र विचारका विषयमा आम रुपमा बझाउने काममा लागिरहेका छन् । जस्तो सुकै कठिन अबस्थामा पनि उनी आफूलाई सेवाका लागि तयार अवस्था राख्ने गरेको सुनाउँछन् । ‘राजनीतिप्रतिको जिम्मेवारी राजनीति पद प्राप्त गर्ने माध्यम मात्र होइन, समाजका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने जिम्मेवारी पनि हो,’ उनि भन्छन्, ‘समाजसेवाबाट जनताको वास्तविक आवश्यकता, अवसरको असमानता र स्थानीय समस्यालाई नजिकबाट बुझ्न सकिन्छ ।’
दैलेखको राजनीतिक विश्लेषण गर्दा क्षेत्रगत असमानता, सडक तथा यातायात, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र विकासका अवसरलाई समेट्नुपर्छ । जिल्लाका विभिन्न भूभागका आवश्यकता बुझेर विकासका प्राथमिकता निर्धारण गर्नु राजनीतिक नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारी हुने उनी बताउँछन् ।


