
सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार ७ अर्ब माथि
काठमाडौं । लगातार दोस्रो दिन पनि नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको बजार आज १.४० अंकले बढेर कारोबार भएको हो ।
निकै उतारचढाब बीच अन्तिममा बजार बढेर बन्द भएको हो । २६८५ विन्दुसम्म पुगेको बजार अन्तिममा भने २६६५.५३ विन्दुमा पुगेर रोकियो । आज सेयर बजारमा १७१ कम्पनीको सेयर मूल्य घट्यो भने ९८ कम्पनीको मूल्य बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्क भने घटेको छ । आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेर ४८०.५१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ । परिसूचक झिनो अंकले बढेको दिन करिब साढे ७ अर्बको कारोबार भएको छ ।
बुधबार नेप्सेमा ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर ५९ हजार १८५ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


