
संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग
काठमाडौं । संघीय संसद्को बैठक तत्काल आह्वान गर्न विपक्षी दलहरूले माग गरेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग गर्ने निर्णय गरेको नेकपाका नेता प्रमेश हमालले जानकारी दिए ।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी थिए । त्यस्तै नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी थिए ।
बैठकमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओली पनि सहभागी थिए ।


