
आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । जसअनुसार अब सेयरधनीहरुले यो लघुवित्तबाट कुनै पनि प्रकारको लाभांश पाउने छैनन् । संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।
केन्द्रीय बैंकबाट स्वीकृत भएर आएपछि वित्तीय विवरण अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने संस्थाले जनाएको छ ।


