
सेयर बजारमा ३१ अंकको सुधार, कारोबार रकम साढे ८ अर्ब माथि कारोबार
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बिहीबार पनि नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन पनि उच्च अंकले बढेको बजार आज पनि ३१.५४ अंकले बढेर बन्द भएको हो ।
लगातार दोस्रो दिन बढे पछि नेप्से परिसूचक २६९५.६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । आज ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले बढेर ४८८.०१ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक बढेको दिन बजारमा कारोबार रकम पनि बढेको छ ।
आज सेयर बजारमा ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर ६९ हजार ६१९ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


