
एनपीएल : काठमाडौंद्वारा जनपुरलाई ११६ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाए पछि जनकपुरले ११६ रनेको लक्ष्य पाएको हो ।
काठमाडौंका लागि भीम शार्कीले सार्वधिक ३३ रन बनाए । त्यस्तै रसिद खानले १७ रन बनाए भने स्मित पटेलले १३ रनको योगदान दिए । सुमित महर्जनले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरका लागि राहुल यादबे सार्वधिक ४ विकेट लिए । त्यस्तै सेफ हसनले २ विकेट लिए भने मोइन अली र ललित राजबंशीले एक एक विकेट लिए । पहिलो खेलमा पराजित भएको जनकपुर आजको खेलमा जित निकाल्दै विजयी लयमा फर्किने योजनामा रहेको छ । काठमाडौं भने पहिलो खेलमा जित निकाल्दै सुखत सुरुवात गर्ने योजनामा रहेको छ ।


