
एनपीएल सिजन ३ : सुदूरपश्चिम टस जितेर फिल्डिङमा, पोखराले ब्याटिङ गर्दै
काठमाडौं । तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पोखराको भने यो पहिलो खेल हो ।


