
स्नो रिभर्सको सञ्चालकमा राजन बाबु पन्त नियुक्त
काठमाडौं । स्नो रिभर्सको सञ्चालकमा राजन बाबु पन्त नियुक्त भएका छन् । कम्पनीको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि पन्तलाई नियुक्त गरेको हो ।
सञ्चालक मोनह बिक्रम कार्कीले दिएको राजीनामा स्वीकृत गरेर पन्तलाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


