
स्नो रिभर्सको सामूहिक लगानी कोषका लागि छुट्याएको सेयरको लक–इन अवधि मंसिरमा सकिदै
काठमाडौं । स्नो रिभर्स लिमिटेडको ४६ हजार भन्दा बढी कित्ताको लकइन अवधि मंसिरमा सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याइएको ४६ हजार ८७५ कित्ता साधारण सेयरको लक–इन अवधि आगामी मंसिर ११ गते सकिने भएको हो ।
कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको उक्त सेयर २०८३ जेठ १२ गते बाँडफाँट गरेको थियो । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत बराबरको सेयर लक–इनमा राखिएको कम्पनीले जनाएको छ ।
उक्त सेयरको कुल मूल्य ४६ लाख ८७ हजार ५०० रुपैयाँ रहेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सेयरको लक–इन अवधि आउँदो मंसिर ११ गते समाप्त हुने कम्पनीले जानकारी दिएको छ ।


