
कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको मध्यम स्कोर खडा गर्यो।
कर्णालीका लागि बंगलादेशी ब्याटर अरिफुल इस्लामले ४३ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक दिपक डुम्रेले १३ रन बनाउँदा पवन सर्राफले ३७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा गुल्सन झाले १२ रन बनाएका थिए।
कर्णालीलाई सामान्य स्कोरमा समेट्ने क्रममा हर्मित सिंहले ३ विकेट लिँदा मोइन अली र राहुल यादवले २-२ विकेट लिए।


