
एनपीएल क्रिकेट : पहिलो खेलमा चितवन विजयी, विराटनगर पराजित
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलकारको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । आज भएको खेलमा चितवनले विराटनगर किन्सलाई ८ रनले विजयी भएको हो ।
जितका लागि १५८ रनको लक्ष्य पाएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाएर १४९ रनमा समेटिएको हो । उसका लागि इमरान शेखले ३९ रनको पारी खेले । त्यस्तै आन्द्रे रसेले ३३ रन बनाए भने लोकेश बमले २६ रनको योगदान दिए ।
चितवका लागि कमल सिंह ऐरिले ४ विकेट लिए । त्यस्तै रिजन ढकालले २ विकेट लिए । त्यस्तै मौसम ढकाल, ड्यान माउस्ली, टम टेलर र सञ्जीत कुमारले समान एक/एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि ओपनर डेभिड मलानले सार्वधिक ७० रनको योगदान दिए । त्यस्तै रवि बोपाराले ३१ रन बनाए भने डान मोस्लीले २८ रनको योगदान दिए । देव खनाले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन्न । विराटनगरका लागि चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्र रसेलले एक/एक विकेट लिए ।


