
सेयर बजारमा झिनो अंकको गिरावट, ४ अर्ब माथिको कारोबार
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । दशैँ अघि बढेर बन्द भएको बजार दशैँ पछिकाे पहिलो दिन नै घटेर बन्द भएको हो ।
सोमबार सेयर बजार परिसूचक ४.३४ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २६२९.८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९९ कम्पनीको सेयर मूल्य बढ्यो भने ६ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.१७ अंकले घटेर ४७५.७७ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ । परिसूचक सामान्य घटेको दिन ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर ३८ हजार ७८८ पटक खरिद बिक्री हुँदा ४ अर्ब २४ लाख २१ हजार १६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


