
नेपाल फाइनान्सको खुद नाफामा १०.०१ प्रतिशतको गिरावट, केही सूचक भने वृद्धि



काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले गएको आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले खुद नाफामा १०.०१ प्रतिशतको गिरावट आउँदा एक करोड ८१ लाख १८ हजार रुपैयाँ आर्जन भएको कम्पनीको तथ्यांकले बताउँछ। समिक्षा अवधि भन्दा अघिल्लो वर्ष भने कम्पनीले दुई करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो।
हाल कम्पनीको कम्पनीको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशतले वृद्धि हुँदा १४ करोड ६१ लाख रुपैयाँ कायम भएको देखिन्छ । यता सञ्चालन नाफा १०.०३ प्रतिशतले वृद्धी भई दुई करोड ५८ लाख रुपैयाँ पुगेको बेलामा कुल शुल्क तथा कमिशन आम्दानी पनि वृद्धि नै भएको छ । एक करोड २७ लाख रुपैयाँ बराबरको कुल शुल्क तथा सञ्चालन आम्दानी गर्न सफल कम्पनीको सो रकम गएकोभन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.९२ प्रतिशतले बढी भएको पनि देखिन्छ।
साथै, इम्पेयरमेन्ट चार्जका लागि ६२ लाख ५८ हजार रुपैयाँ छुट्टाएको कम्पनीले यता वितरणयोग्य नाफा भने २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा पुर्याएको प्रकाशित तथ्यांकमा देखिएको छ ।

