
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने
काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
विश्वकपका दर्जन बढी लिग खेलिसकेका रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् । उनले ८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन् ।
विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र बलिङका लागि परिचित रसेलको आगमनले टोलीलाई थप बलियो बनाउने अपेक्षा विराटनगर किङ्सले गरेको छ ।


