
अप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ । कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ ।


