
सेयर बजार झिनो अंकले बढ्याे, कारोबारमा पनि वृद्धि
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा समेत बढेको बजार आज पनि बढेर नै बन्द भएको हो ।
बिहीबार सेयर बजार परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १६९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ४७५.९८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ ।
परिसूचक बढेको दिन कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर ३८ हजार ८६१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


