
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८९ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले घटेर तोलाको ४ हजार २५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ३५५ रुपैयाँ पुगेको छ ।


