
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन्। १५ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट शाही सहमहामन्त्री पदमा विजयी भएका हुन्।
शाहीले ३ हजार ९०६ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत पाए। यद्यपि, निर्वाचन समितिले मतगणना सकिएको जानकारी गराएको भएपनि घोषणा गर्न बाँकी छ। शाही १४औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाको समूहबाट उठेको भएपनि पराजित भएका थिए।


