
एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नगरकोट, काभ्रेस्थित होटल कन्ट्री भिल्ला प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्बन्धमा समझदारी भएको छ।
समझदारी पत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र होटलका तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरे।
समझदारी अनुसार बैंकका ग्राहकहरूले होटल कन्ट्री भिल्लाको आवासीय, खाना तथा पेय पदार्थको सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्।
यस अन्तर्गत डिलक्स वर्गका कोठाहरूमा आवासीय सेवा लिँदा सप्ताहन्त अर्थात् शुक्रबार र शनिबार ५ प्रतिशत तथा खाना र पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुनेछ। हप्ताका अन्य दिनहरूमा भने दुवै सेवामा पूरै १० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ।
यो छुट सुविधा उपभोग गर्नका लागि ग्राहकहरूले एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
यस सहकार्यले ग्राहकलाई फाइदा पुग्नुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबार प्रवर्द्धनमा थप टेवा पुग्ने बैंकले विश्वास लिएको छ।


