
एनआईसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको ५२.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ । सो निर्णय गत बुधबारै गरिएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गर्दै आठौं वार्षिक साधारण सभा आगामी भदौ ११ गते मंगलबार गर्ने निर्णय मिति तय गरेको हो । सभा एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौमा बिहान ९ बजे संचालन हुनेछ।
त्यस्तै, सोही सभाले आर्थिक वर्ष २०८०र०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ् चालक समितिले प्रस्ताव गरे बमोजिमको उक्त नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने निर्णय गरेको छ।
साथै, कम्पनीले छोटो समयमा नै सातौं वार्षिक साधारण सभासम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको र आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको बताएको छ ।
त्यसरी नै कम्पनीले सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकहरु माझ पुर्याउन “अब लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुख्य नारा बनाई आर्थिक वर्ष २०८०र०८१ को अन्त्यसम्ममा अधिकांश सेवाहरु अनलाइनमार्फत लिन मिल्ने व्यवस्था गरिएको पनि जानकारी दिएको छ ।

