
सम्पदा लघुवित्तको २६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि २६ हजार ३२९.०९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनिले संस्थापक सेयरधनी दिपक खड्काको नाममा रहेको १९ हजार ३०९.०९ कित्ता र हरि प्रसाद अर्यालको नाममा रहेको ७ हजार २० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा ३५ दिन भित्र संस्थापक सेयरधनीहरुले आवेदन दिनु पर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट ५ नवलपरासी मा लिखित जानकारी दिनु पर्ने छ । तोकिएको समय भित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नआएको अवस्थामा आम सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


