
१० प्रतिशत लाभांश पारित गर्दै सकियाे सानिमा बैंकको २२ साधारण सभाबाट
काठमाडौं । सानिमा बैंकको २२ औं साधारणसभा आज आम्रपाली बैंङक्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा आज सोमबार साधारणसभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८२/८३ को लागि १० प्रतिशत नगद लाभांश -कर सहित) वितरण गर्न प्रस्ताव पारित गरेको छ भने अविमोच्य असञ्चिति अग्राधिकार शेयर पूँजीको ८.२५ प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले सर्वसाधारण समूहबाट महेश घिमिरे र तेज बहादुर चन्द संचालक निर्वाचित भएका छन् ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८२/८३ को संचालक समितिको २२औँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । सभामा बोल्ने सेयरधनीहरुले बैंकको व्यवस्थापन र संचालकलाई लाभांश दिएकोमा धन्यवाद दिदैं आगामि आर्थिक वर्षमा डबल डिजिटमा लाभांश दिन समेत आग्रह गरेका छन् ।


