
कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटलमा सहुलियत पाउने



काठमाडौँ । कुमारी बैंक लिमिटेड र राजधानिस्थित गोल्फूटारमा रहेको डिआइ स्किन हस्पिटल प्रा.ली. बिच एक सम्झौता सम्पन्न भएको छ । अब कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा छुट हुने भएको छ । सोही विषयमा आज समझदारी पत्रमा हस्ताक्षर समेत सम्पन्न भएको हो ।
सोही सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । सो सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंकले जानकारी दिएको छ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका तीन सय २ शाखा सञ्जाल, तीन सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गरिरहेको छ । साथै, आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने विश्वास बैंकले व्यक्त गरेको हो ।

