
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ र चाँदीको मूल्य १४५ रुपैयाँले घटेको हो । सोमबार सुनको मूल्य तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६५५ रुपैयाँ रहेको थियो ।


