
महालक्ष्मी विकास बैंकको न्यूरोड शाखा (भोली) शनिबार पनि खुल्ला रहने
काठमाडौं । महालक्ष्मी विकास बैंकको न्यूरोड शाखा भोलि (शनिबार) पनि खुल्ला रहने भएको छ । बैंकले एक सूचना जारी गरेर बैंकको न्यूरोड शाखा खुल्ला रहने जानकारी गराएको हो ।
भोलि सार्वजनिक विदा भएता पनि ग्राहकहरुको सुविधालाई ध्यानमा राखी शाखा खुल्ला गरिएको बैंकले जनाएको छ । भोलि न्यूरोड शाखाबाट बिहान १० बजेदेखि दिउसो साढे १ बजेसम्मका लागि सेवा प्रवाह हुने बैंकले जनाएको छ ।



