
विकास हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश पारित गर्ने
काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पाँचौँ वार्षिक साधारणसभा असोज २९ गतेका लागि बोलाएको हो ।
सभा काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशतले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४७ लाख ८४ हजार ६००.१४ रुपैयाँ बराबरको नगद लाभांश छन् ।
सभाले बोनस सेयर जारीपश्चात पुँजी वृद्धि गर्न कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । सभाले कम्पनीको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।
लाभांश र सभा प्रयोजनार्थ कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन् ।


