
कुमारी बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै
काठमाडौं । कुमारी बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकले असोज २८ गते, बुधबार, सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण सम्शेर सडक, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको २.०१५६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

