

पुस मसान्तसम्म १ करोड ४० लाख जनाले गरे बीमा : साढे ५४ हजारले त्यागे




काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक करोड ४० लाख करिब डेढ करोड जनाले जीवन बीमा गराएका छन् । सो मध्ये साढे ५४ हजार जनाले बीमा पोलिसी त्यागेको (सरेण्डर गरेको) तथ्यांक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार समिक्षा अवधिमा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ। समिक्षा अवधिमा ८१ अर्ब १७ करोड रुपैयाँ बराबरको बीमा समेत भएको छ ।