
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलाको १ हजार ७०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य ३० रुपैयाँले घटेर तोलाको ४ हजार ७७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ८०५ रुपैयाँ रहेको थियो ।

