
माथिल्लो त्रिशूली–१ आयोजनामा बाढीबाट ३९ जनाको मृत्यु, ४३९ सम्पर्कविहीन
काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा हालसम्म ३९ जनाको शव भेटिएको छ । रसुवास्थित भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निर्माणाधीन २१६ मेगावाटको आयोजनामा ३९ जनाको शव भेटिएको छ भने ४३९ जना अझै सम्पर्कविहीन रहेका छन् ।
बाढी आउने समयमा आयोजना स्थलमा करिब १,४३३ जना नेपाली तथा विदेशी जनशक्ति कार्यरत थिए । हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आएका छन् ।

