
सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । आज सुन तोलाको १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको ४ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७९५रुपैयाँमा कारोबार भएको थियो ।

