
दुई कम्पनीको सेयरमूल्य समायोजन
नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा ग्लोबल आइएमई बैंक र नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको हो ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले घोषणा गरेको बुकक्लोज मिति अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यी दुबै कम्पनीहरुले भोली अर्थात असोज ५ गते बुकक्लोज गर्दैछ ।
नेप्सेले ग्लोबल आइएमई बैंकको ४ प्रतिशत र नेपाल ल्यूब आयलको १५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजपश्चात ग्लोबल आइएमई बैंकको सेयरमूल्य २५० रुपैयाँ ८७ पैसा कायम भएको छ भने नेपाल ल्यूबको २४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।
नेप्सेले गत शुक्रबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । गत शुक्रबार दोस्रो बजारमा ग्लोबल आइएमईको सेयर प्रतिकित्ता २६० रुपैयाँ ९० पैसा र नेपाल ल्यूबको २७७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो ।

