
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो ।
अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा सहभागी भएका थिए । सो छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।
उनका अनुसार, अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो । ‘पक्राउ गरेर उनलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको छ,’ उनले भने । प्रधानमन्त्री शाहले आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । उनी सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए ।

