
दुर्गा प्रसाईंलाई एयरपोर्टमा बोल्न नदिइएपछि लफडा, बालेन र सुधनविरुद्ध गरे नाराबाजी

काठमाडौं । त्रिभुवन विमानस्थलमा फेरि एक पटक दुर्गा प्रसाईँ र प्रहरीबीच लफडा भएको छ । प्रसाईँ झापाबाट फर्किने क्रममा प्रहरीले उनलाई एयरपोर्टमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बन्यो । प्रसाईँ आफ्ना सहयोगीहरूसहित झापाबाट फर्किएका थिए भने एयरपोर्टमा उनको प्रतीक्षामा युट्युबरहरु जम्मा भएका थिए । तर प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई ‘बाइट’ दिन रोक लगायो । त्यसपछि उनी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध उत्तेजक नारा लगाउँदै समर्थकहरूसहित घरतिर लागे ।
प्रसाईँले ‘बालेन चोर’, सुदन गुरुङ ‘टिओबीको दलाल’ भन्दै गालीगलौज गरेका थिए । ‘यो प्रहरी संसद भवन र सिंहदरबार जलाइँदा कहाँ थियो ?’ भन्दै उनले आक्रोश पोखे । प्रहरीसँग घम्साघम्सीका क्रममा दुर्गा प्रसाईँका एक कार्यकर्ता पक्राउ परेका छन् । नागरिक बचाउ महाअभियानका बाग्मती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सो अभियानका नेता माधव खतिवडाले एक जना व्यक्तिसँग सिंगो राज्य डराएको भन्दै आलोचना गरेका छन् ।

