
माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । अर्गानीक ग्रोथ गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडको लाभांश घोषणा भएको छ । उसको कम्पनीको सञ्चालक समितिले ५ सय ६४औं बैठकबाट चुक्तापूँजीको ६ प्रतिशत लाभांश दिने भएको हो।
यता, बैकले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद करसहित ६ प्रतिशत लाभांश दिने र अग्राधिकार सेयरधनीहरूका लागि ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ९९ हजार ४१ रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको छ । त्यसरी घोषणा भएको नियामकको स्वीकृतपछि बैंकले आउँदो वार्षिक साधारणसभाबाट पास गर्दै शेयरधनीहरुले हात पार्न सक्नेछन् ।
सो सहित जानकारी नेप्सेमा समेत उपलब्ध छ ।

