
हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको हो ।
टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो । उसका लागि बाबर हयातले शतकीय पारी खेले । उनी ११७ रनमा अविजित रहे । यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार तथा यस्तै, शेर मल्लले तीन विकेट लिए । यो खेलमा जित निकालेमा नेपाल समूह विजेता बन्ने छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ ।

