
मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने भएको छ । मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले यी दुई संस्थालाई गाभ्ने निर्णय गरेको हो ।
प्राप्तिको लागि दुवै संस्थासँग भदौ १९ गते नै प्रारम्भिक सम्झौतामा हस्ताक्षर भईर्सकेको बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले केही समय अघि वाणिज्य बैंकमा अपग्रेड हुनको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो ।


