
जगदम्बा श्री किरण खरेललाई, मदन पुरस्कार विणा जोशीलाई

काठमाडौं । मदन पुरस्कार गुठीले-२०८२ सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई दिने निर्णय गरेको छ । साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।
मदन पुरस्कार २०८२ को का लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो । ती उत्कृष्ट कृतिमध्ये ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार-२०८२ प्रदान गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । मदन पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ ।

